ads

ads
ads

सुमितको देशभक्तीपुर्ण गितहरुको भिडियो आउँदै

२२ असार , बुधबार ।
डेढ दशक अघिबाट मोफसलमा रहि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भिन्न पहिचान बनाउन सफल विराटनगरका चर्चित गायक सुमित खड्काले आफ्नो पछिल्लो एल्बम "देशको माया लाग्छ" को म्युजिक भिडियो ल्याउने भएका छन ।


गायक खड्काले केही समय अघि सार्वजनिक गरेका देशभक्तीपुर्ण गितहरुको संग्रह "देशको माया लाग्छ" का सम्पुर्ण गितहरुको म्युजिक भिडियो ल्याउने तयारी गरिरहेको बताए ।

उक्त एल्बममा रहेका आठवटा राष्ट्र प्रेम संग जोडिएका गितहरुको पुर्वका विभिन्न स्थानमा धमाधम सुटिङ भईरहेको उनलेे जानकारी दिए । यसैक्रममा सोमबार विराटनगरको भानुटोल स्थित एम्स कलेजमा एउटा गितको सुटिङ गरिएको छ । उक्त कलेजका विद्यार्थी समेतको अभिनयमा "झुकेको छैन यो देश , कहिले झुक्न हुन्न" गितको सुटिङ गरिएको हो । जसलाई पंकजहरि चन्चलले निर्देशन गरेका हुन ।


द्रुतरुपमा सुटिङ भईरहेको उक्त एल्बमका गितहरुमा सुमीत  खड्काको स्वर , शक्ति बल्लभको संगित र तारानाथ गौतमको शब्द रहेको छ ।
Powered by Blogger.