ads

ads
ads

पुर्व राजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना

पुर्व राजा ज्ञानेन्द्र शाहको आज ६९ औं शुभ जन्मोत्सव । उनले केही समय अघि मुलुक महाविपत्तीको शोकमा डुबेको बेला जन्मोत्सव नमनाउने औपचारिक घोषणा नै गरिसकेका छन । त्यसैले आज त्यस्तो कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

राजतन्त्रको अन्त्यको दशक बितिसक्दा पनि नेपाली जनताले शान्ति र अमनचयनको श्वास फेर्न पाएका छैनन् । श्रीपेच रुपि राजतन्त्रको अन्त्य भएता पनि नेपाली जनता भ्रष्ट , ढोंगी र सत्ता लोलुपताले उन्मत्त नेताहरुको शाषनबाट प्रताडित भईरहेका छन । राजामा त कमसेकम राष्ट्रियता थियो , आफ्नो देश र जनता प्रती माया थियो तर राजतन्त्र पछि  आएका शाषकबाट नेपाली जनताले त्यो महसुस गर्न पाएनन् । पाए त केवल ती भ्रष्ट नेता निकट पार्टी , कार्यकर्ता र आफन्तले मात्र । बरु उल्टै मुलुकको अर्थतन्त्र चुर्लुम्म पारियो , विभिन्न बहानामा राष्ट्रको ढुकुटी रित्याउने कार्य भयो । आफ्ना कार्यकर्ता र आफन्तलाई नियुक्ति , सरुवा र बढुवाको अभियान नै चलाईयो । यी सबै अवस्थाबाट आक्रान्त नेपाली जनताहरु माझबाट अब त "राजा चाहियो" भन्ने स्वर पनि गुन्जिन थाली सकेको छ ।


खैर जेहोस , राजतन्त्रको अन्त्य भएर सामान्य नागरिक सरहको जीवन व्यतित गरिरहेका ज्ञानेन्द्र शाहको पुनरागमनको संभावना त ज्यादै क्षीण छ यद्यपि उनलाई दिनुपर्ने सम्मान भने बिर्सनु हुन्न । पुर्व सांसदलाई त हामो विशिष्ट व्यक्तिको सम्मान दिन्छौं भने उनी त पुर्व राजा हुन  । यो यथार्थतालाई किन्चित बिर्सन हुन्न । अन्तमा , वहाँ लाई ६९ औं जन्मोत्सवको अवसरमा हार्दिक शुभकामना दिन चाहन्छु ।
Powered by Blogger.