संविधानमा यी कुरा राख - संविधानसभालाई मेरो सुझाव

* संविधानसभालाई मेरो सुझाव :

१) सामर्थ्यको आधारमा बढिमा ५ प्रदेश बनाउने तर कुनै जाती वा भाषा नजोडी नामाङ्कन गर्ने । सिमा र नामाङ्कन संविधान जारी पुर्व नै टुङ्गो लगाउने ।

२) जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ( राष्ट्रपति ) को व्यवस्था राख्ने ।

३) उमेर , अनुभव र अन्य सुचक संगै निम्नानुसारको शैक्षिक योग्यता भएको व्यक्तीलाई मात्रै जिम्मेवारी दिने -



* राष्ट्रपति - न्युनतम स्नातक वा सो सरह उत्तीर्ण 


* उपराष्ट्रपति - न्युनतम स्नातक वा सो सरह उत्तीर्ण

* प्रधानमन्त्री - न्युनतम स्नातक वा सो सरह उत्तीर्ण

* मुख्यमन्त्री - न्युनतम प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण 

* राज्यमन्त्री - आवश्यक  छैन ।
* मन्त्री - न्युनतम प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण 
* सांसद - न्युनतम एसएलसी वा सो सरह उत्तीर्ण 
* गाउँ पालिका प्रमुख - न्युनतम एसएलसी उत्तीर्ण

४) कसैको पनि धार्मिक आस्थामा प्रहार नहुने गरि हरेक धर्मलाई समान महत्त्व र स्थान दिने तर सापेक्ष र निरपेक्षताको सवाल संविधान जारी अघि नै स्वतन्त्र जनमतसंग्रह मार्फत टुंगो लगाउने ।

५) भ्रष्टचारी , बलात्कारी , देशद्रोही , हत्यारा , चेलीबेटी बेचबिखन गर्ने र एसिड आक्रमण गर्नेलाई मृत्युदण्डको सजाय दिने ।


६) समतामूलक समाजको निर्माण नहुन्जेल सम्मका लागि वर्षौँबाट शोषण र दमनमा परेको दलित समुदाय भित्रको अति विपन्न वर्गलाई विशेषाधिकार र आरक्षणको व्यवस्था गर्ने साथै अन्य सबै जाती र गरिबलाई न्युनतम सुचांकको आधारमा राष्ट्रिय परिचयपत्र वितरण गरि सोको आधारमा विशेषाधिकार र आरक्षण दिने ।

७) यौन दुर्व्यवहार , महिला हिंसा र जातिय विभेद गर्ने र गर्न उक्साउनेलाई कम्तिमा १५ वर्ष जेल सजायको व्यवस्था गर्ने ।

८) नागरिकताको हकमा दुर्गामी असरलाई मध्यनजर राख्दै निश्चित मापदण्ड र सुचकका आधारमा बाबू विहिन सन्तानलाई आमाको नामबाट सहजतापुर्वक नागरिकता दिने ।

९) सरकारी काम काजको भाषा नेपाली र अंग्रेजी राख्ने , कुनै एक जातिविशेषको भाषा सरकारी प्रचलनमा नल्याउने ।

१०) सबैको भाषा र संस्कृतिको संरक्षण गर्न आवश्यकता अनुसार भाषिक विश्वविद्यालय हरु खोल्ने ।

११) उच्च माद्यामिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने ।

१२) दक्ष बेरोजगार युवा शक्तिलाई स्वदेशमै राख्न उद्दमशिलताको विकाश गर्ने र अध्यन वा तालिमको प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउने ।

१३) कर्मचारी छनौट , नियुक्ति र मनोनयनमा नातावाद र कृपावादका आधारमा पक्षपात गर्ने र आर्थिक चलखेल गर्नेलाई कम्तिमा १० वर्ष जेल सजायको व्यवस्था राख्ने ।

१४) राष्ट्रिय पहिचान र गौरवका जीव-निर्जीव कुनैपनि प्राणी वा वस्तुलाई काट्न , मार्न र हानी पुर्‍याउन नपाईने त्यस्तो गरे कडा कार्वाहीको व्यवस्था गर्ने ।

१५) अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको गौरव बढाएका खेलाडी , कलाकार , राजनितिज्ञ आदि व्यक्तिहरुलाई विशेष स्थान र सुविधा दिने ।


                  सुझावकर्ता
                   -----------
                रामकुमार परियार   
               मोरङ , हाल युएई 
Powered by Blogger.