आज विश्व मित्रता दिवस , सबैलाई शुभकामना

आज वर्ल्ड फ्रेन्डसीप डे अर्थात विश्व मित्रता दिवस । संसार भर एक आपसमा शुभकामना आदान प्रदान गरि धुमधामका साथ मनाइँदै छ । हरेक वर्ष अगष्ट महिनाको पहिलो आइतबार यो दिवस विश्वभर मनाउने गरिन्छ ।

सुखमा , दु:खमा , आपत परेको बेला अथवा हरेक कठिनाईमा साथ दिने साथिलाई नै असल मित्र मानिन्छ । सुखमा साथ दिएर दु:ख पर्दा टाढिने स्वार्थी मित्रहरू पनि प्रशस्त हुन्छन् तर असल मित्र त्यो हो जो हमेसा साथिको सहयोगी  बन्छ । यिनै मित्रहरूको सम्मानमा आज एक आपसमा उपहार आदान प्रदान गरी मित्रता दिवस मनाईन्छ ।

दक्षिण अमेरिकी देश पाराग्वेमा सन् १९५८ देखि मनाउन शुरु गरिएको यो दिवस हाल विश्वभर मनाईन्छ । यो दिवसलाइ संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिंय मित्रता दिवसका रुपमा मान्यता दिइसकेको छ ।
Powered by Blogger.