सहनशिल व्यक्ति अवश्य सफल हुन्छ

उटा मुर्तिकार कतै जाने क्रममा थाकेर लखतरान भा बेला डम्म परेको रुखमुनी शितल छाँया भेट्छ । सुस्ताउँदै त्यही ओत लागेर विश्राम लिन्छ । उ बसे नजिकै रहेका केही चिल्ला पत्थर माथी उसको नजर पर्छ । उसलाई त्यो पत्थर खोपेर केही बनाउने विचार पलाउँछ ।

पत्थर टिपेर छेउमा ल्याउँछ अनि झोलाबाट औजार निकालेर कुँद्न थाल्छ । एकपटक टक्क मात्रै के हानेको थियो । पहिलो चोटमै पत्थर बोल्यो - आईया ,  मलाई नपिट । दोस्रो चोटमा त रुन , चिच्याउन पो थाल्यो । मुर्तिकारलाई दिक्क लागेर त्यो पत्थर त्यहिँ छोडेर अर्को पत्थर उठायो । अब उसले यो पत्थरमा नि त्यसैगरी कुँद्न थाल्यो तर यो पत्थरबाट त्यस्तो कुनै आलाप , विलाप आएन । पत्थरले चुपचाप पीडा सहँदै गयो । देख्दादेख्दै मुर्तिकारले त्यो पत्थरलाई एउटा सुन्दर  देविको रुप दियो । त्यसपछि उसले उक्त मूर्तिलाई त्यही रुखको भेदमा छोडेर बाटो लाग्यो ।

साँझमा जब मुर्तिकार आफ्नो सबैकाम सकेर फर्कियो तब उसले उही रुखमुनी एउटा अचम्मको दृष्य देख्यो । त्यहाँ त उसले छोडेर गएको देविरुपी मुर्तिको धुमधाम संग पुजाआजा चलिरहेको  थियो । वरिपरि भक्तजनको भिड बाक्लिएको थियो । भजन-किर्तन चलिरहेको थियो । मुर्ती फुलमाला , धुप , दियोले सिंगारिएको थियो तर त्यसैको छेउमा अर्को पत्थर जुन उसले कुँद्दाकुँद्दै रोएर त्यसै छोडेको थियो । त्यसलाई पनि त्यसैको छेउमा राखिएको थियो तर त्यसलाई भक्तजन नरिवल फोड्न मात्रै प्रयोग गरिरहेका थिए । त्यो पत्थरमा जोड-जोडले हिर्काउँदै भक्तजन नरिवल फोडेर देविरुपी मुर्तिलाई चढाईरहेका थिए ।

यसबाट के सिक्न जरुरी छ भने जो व्यक्ती थोरै पीडा सहन्छ उसले अवश्य राम्रो फल पाउँछ । सबैले उसलाई सत्कार पनि गर्छन् तर जो सानोतिनो चोट , ठक्कर मै हडबडाउँछ । पिडाबाट उम्किन खोज्छ त्यसले जिवनभर पिडामा बाँच्नुपर्ने हुन सक्छ ।
Powered by Blogger.