ads

ads
ads

संविधान च्यात्ने , जलाउने होईन सम्मान गरौं

रामकुमार परियार
सामन्यतया ४/५ महिनामा धान तयार हुने गर्दछ । तर लगभग ८ वर्ष मेहनत गरेर ६०१ श्रमिकले संविधान  फलाए । एकपटक मरिसकेको बेर्नालाई थपघट र मलजल गरेर तंग्राई पुन: बाली दिन योग्य बनाईयो त्यही बोटले आज फल दिई छाड्यो ।

फल कत्तिको मीठो वा तितो छ त्यो त खाईसकेपछी मात्रै थाहा होला । तर अस्ति चाख्न निकालिएको भागमा धेरैले भिन्न भिन्न स्वाद लिए । कत्तिलाई अत्यन्तै स्वादिष्ट लाग्यो , कत्तिलाई ठिकै , कत्तिलाई तितो , टररो त कत्तिलाई ढकनी उघार्दै परै देखि डंग गन्ध आयो । हुन त सबैले चाहे जस्तो , खोजे जस्तो त कहाँ हुन्छ र ! यदि त्यसो हुँदो हो त कलियुगको अस्तित्व उहिले संकटमा परिसक्ने थियो । विधाताको विधान भन्दा हामी कोहि पनि एक ईन्च उँचनिच गर्न सक्दैनौ । सायद त्यसैले होला बढ्दै गएका हाम्रा अनेकन महत्तकांक्षाहरु मनैमा सिमित हुँदैछन् , फगत सपना ।

९ वर्ष अन्तरिम संविधानले डोह्र्याएको देशले आजबाट नयाँ संविधान पाउँदैछ । पक्कैपनी यो सुखद क्षण हो ।  जुनसुकै रूपमा भएपनि नयाँ संविधान पाउँदैछौँ । स्थायी संविधान बिनै ०६३ सालदेखी बाँच्दै आयौं । आज देखि अन्तरिम संविधानलाई बिदाई गर्दै नयाँ संविधानलाई स्वागत गर्दैछौं । हुन त नामका ६०१ सभासद तोकिएपनी संविधानको मुख्य डिजाईनर शिर्ष दलका गोडाचारेक नेता/सभासद र संविधानसभा सचिवालयका सदस्यहरु नै हुन यसमा दुईमत नहोला ।

दोस्रो जनआन्दोलन र त्यसपछि भएका विभिन्न चरणका संघर्षका उपलब्धिहरुलाई संस्थागत गर्दै नयाँ संविधान बनेको छ । भलै यसले अझै पिछडिएका वर्गको सवालहरु संबोधन गर्न सकेको छैन । जसको सुनिश्चितताका निम्ति आन्दोलन र संघर्षहरु भईरहेका छन जसमा  धेरैले ज्यान गुमाईसके । आदिवासी - जनजाति - दलित - महिलाहरुका धेरै सवालहरु नजरअन्दाज गरिएको गुनासाहरु सुनींदैछ । पक्कैपनी यो वर्गको जायज मागहरुको संबोधन गरिनुनै पर्छ । तर स्वार्थ र असन्तुष्टि त मानवीय स्वभाव न हो ।

हरेक उपलब्धि र प्राप्तिसंगै नयाँ आकांक्षा पलाउने गर्छ । असन्तुष्टिको बिज कहिंकतै रहेकै हुन्छ । त्यसैले त्यसैको पछि दौडेर संविधान निर्माणकार्य रोकेको भए ३ करोड नेपाली प्रती अन्याय हुने थियो । नेपाल आमा प्रती अन्याय गरेको ठहरिने थियो । अनिर्णयको बन्दी बनएर संविधान निर्माण प्रक्रिया नै रोक्नु भनेको सरासर अपराध सरह हुने थियो । हुन त हिजोसम्म मैले नै भन्दै आएको थिएँ कि यत्रो ८ वर्ष त कुर्‍यौँ अब २ महिना थपेर भएपनी सबै पक्षलाई समेटेर सबैले "मेरो" भन्ने संविधान बनाउनुपर्छ । तर परिस्थिति प्रतिकुल देखियो । आन्दोलनको नेतृत्व गर्नेहरुमा स्वार्थको मात यति देखियो कि जुनसुकै हालतमा पनि आफुले खोजे जस्तो , भने जस्तो हुनैपर्ने । तर ती सम्पुर्ण माग पूरा गर्न अहिलेको अवस्थामा संभव थिएन र भयो पनि त्यस्तै ।

संविधान त कानुनको एउटा कागजी दस्तावेज हो । प्रकृतिप्रदत्त चिजबिज त परिवर्तन गर्न सकिन्छ भने यो त कृत्रिम हो । जुनसुकै बेला जनमत पुगे परिमार्जन गर्न सकिन्छ ,  संशोधन गर्न सकिन्छ । शक्ति राष्ट्र अमेरिकाको संविधान त कैयौंपटक संशोधन हुँदै चल्दै आएको छ । भारतको त लगभग १०० पटक संशोधन भईसकेको छ भने हाम्रो कसरी अकाट्य रहन सक्ला ? पक्कै हो , विगतमा नेपाल कुनै एकल जातिविशेषको औपनिवेश जस्तै बनेको थियो । राज्यको बागडोर , कर्मचारी तन्त्र ,  सुरक्षा संयन्त्र , शिक्षा , स्वास्थ्य , विकास देखि लिएर भगवान समेत पेवा जस्तै बनाईएका थिए । तर अहिले त्यो अवस्था रहेन । निमिट्यान्न नभए पनि धेरै हदसम्म परिवर्तन भएको छ । अझै परिवर्तनको क्रममै छ । यसको जरै उखालेर समतामूलक समाज निर्माण गर्न आवश्यक छ । तर त्यसको निम्ति तातै खाउँ जलि मरुँ गर्नु हितकर हुन्न ।

सहमति , सहकार्य र वार्ता गर्न आवश्यक हुन्छ त्यतिले भएन भने आन्दोलनको बाटो सुरक्षीत छ । शान्तिपुर्ण आन्दोलनको हक त अन्तर्राष्ट्रिय कानुनले नै सुरक्षित गरेको छ । तर यो बेला सद्भाव बिथोल्ने होईन । लामो प्रतिक्षाको फलस्वरुप प्राप्त संविधानको स्वागत गर्ने बेला हो । सकिन्छ दिपावली गरौँ , सकिन्न स्वागत मात्रै । त्यतिपनि नगर्ने भए हेरेर मात्रै भएपनी असल नागरिकको परिचय दियौं । बन्द गर्ने , च्यात्ने , जलाउने काम नगरौँ । संविधानको सम्मान गरौँ । जय नेपाल !!!

( २०७२ असोज ३ गते आइतबार )

Powered by Blogger.