ads

ads
ads

आज विश्वकर्मा पुजा , धुमधामसंग मनाँईदै

१ असोज , शुक्रवार ।

देवताहरु मध्येका सर्वश्रेष्ठ शिल्पी देवताको रूपमा लिईने विश्वकर्मा बाबाको पुजा आराधना गरेर आज देशैभर भगवान विश्वकर्मा पुजा गरिंदैछ ।


प्रत्येक वर्षको असोज १ गते विश्वकर्मा पुजा गरिने गरिन्छ । ब्रम्ह पुत्र भगवान विश्वकर्मा बाबालाई यो सुन्दर ब्रह्माण्डको निर्माण र श्रंगारकर्ताको रूपमा लिईन्छ ।

सवारी साधन , यान्त्रिक उपकरण , मेसिनरी औजार , हातहतियार लगायत फलामबाट बनाईएका सम्पुर्ण औजारहरु धोई पखाली पुजाआजा गरेर विश्वकर्मा पुजा गर्ने गरिन्छ । आजको दिन उद्योग , ग्यारेज , हातहतियार कारखानाहरुमा विश्वकर्मा बाबाको मुर्ती प्रतिस्थापन गरेर ठूलो उत्सव सहित धुमधामसंग पुजा आराधना गर्ने गरिन्छ ।

आजको दिन स्नान गरि सफा मनले बाबा विश्वकर्माको पुजा आराधना गर्दा चोटपटक नलाग्ने र दुर्घटनाबाट बचिने धार्मिक विश्वाश रहि आएको छ । त्यसैले आजको दिन सानाठूला हरेक सवारी साधनलाई धोई , पखाली श्रींगार गर्ने समेत गरिन्छ । विश्वकर्मा बाबाले सबैको कल्याण गरून् । शुभकामना !!!
Powered by Blogger.